७ दिने निर्देशन, प्रकाश र ध्वनी प्रशिक्षण कार्यशाला सम्पन्न

२०७८ फागुन २५ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाटक विभागको आयोजनामा आरोहण कुरुकुल (कुञ्ज थिएटर) थापागाउँमा ७ दिने नाटक निर्देशन, प्रकाश र ध्वनी प्रशिक्षण कार्यशाला सम्पन्न भएकाे छ । 

नाटक विभाग प्रमुख प्राज्ञ निशा शर्माकाे संयाेजनमा फागुन १८ गते देखि फागुन २४ गते सम्म सञ्चालन भएकाे कार्यशाला नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माज्यूकाे उपस्थितिमा प्रशिक्षार्थीहरुले वरिष्ठ चित्रकार किरण मानन्धरद्वारा  सिर्जित चित्रमा अाधारित नाटक 'सिमली फुल' मञ्चन गरी समापन गरिएकाे  थियाे । 
२२ जना प्रशिक्षार्थीहरु सहभागी रहेकाे कार्यशालामा वरिष्ठ रङ्गकर्मी तथा निर्देशक विरेन्द्र हमालले नाटक निर्देशन, राजकुमार पुडासैनीले प्रकाश र आदित्य कटुवालले ध्वनी सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिनु भएकाे थियाे ।

 

     

May be an image of 7 people

May be an image of 3 people, people sitting and indoor