‘अ लाईफ ईन म्यूजिक’ नामक संवाद कार्यक्रमको थालनी

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा समप्रिया सङ्गीत प्रतिष्ठानले कोरोना महामारीका बीच ‘अ लाईफ ईन म्यूजिक’ नामक संवाद कार्यक्रमको थालनी गरेका छन् । शास्त्रीय सङ्गीत तथा नृत्य क्षेत्रका चार जना कलाकारहरुसंग जुमको माध्यमबाट संवाद कार्यक्रम प्रस्तुत गरिने भएको छ । प्रत्येक आईतबार र शुक्रबार राति ८ः०० बजे प्रज्ञा प्रतिष्ठानको फेसबुक पेज Nepal Academy of Music and Drama  मा प्रत्यक्ष प्रसारण हुनेछ ।
 भदौ २५, २८, असोज १ र असोज ४ गते राती ८ः०० बजे प्रशारण हुने कार्यक्रममा शास्त्रीय गायक मनमोहन थपलिया शर्मा, तबला बादक मिलेश तन्डुकार, शास्त्रीय नृत्यङ्गना सुबिमा श्रेष्ठ तथा बाँसुरी वादक नगेन्द्र बिक्रम राई क्रमशः अतिथिका रुपमा उपस्थित हुनु हुने छ । कार्यक्रमलाई कुन्दन पाठक र जोजिशा पौडेलले सहजीकरण गर्ने प्राज्ञ धीरेन्द्र प्रेमर्षिले जानकारी  दिनु भयो । 


 Page link: https://www.facebook.com/namuda2067