स्रष्टा कलाकारहरुको बायोग्राफी अब युट्युबमा

काठमाडौं । नेपाली सङ्गीत तथा नाट्य क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेका वरिष्ठ स्रष्टा, साधक तथा कलाकारको संक्षिप्त जीवनी तयार पारी उनीहरुको योगदानलाई चीरकालसम्म जीवन्त तुल्याउने उद्धेश्यले  प्रज्ञा प्रतिष्ठानले संक्षिप्त जीवनी तयार गरी आफ्नो आधिकारिक युट्युव च्यानलमा प्रशारण सुरु गरेको छ । हालसम्म वरिष्ठ नृत्यकार भैरव बहादुर थापा, वरिष्ठ नाट्यकर्मी तथा गायक हरिप्रसाद रिमाल, वरिष्ठ गायिका मिरा राणा र वरिष्ठ लोकगायक कुमार बस्नेत, दिलमाया खाती, योगेश वैधको श्रब्य दृश्य सामाग्री युट्युवमा राखिएको छ ।

स्रष्टाहरु तारा देवी, रुवी जोशी, लगायत दर्जन बढी कलाकारहरुको पनि श्रब्य दृश्य सामाग्री तयार भैसकेको र क्रमश प्रशारण गर्दै जाने जानकारी प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमोटले जानकारी दिनुभयो । 

करिब २० देखि ३० मिनेट सम्मका भिडियो सामग्री नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानक नामक युट्युब च्यानलमा गई हेर्न सकिने छ भने स्रष्टा/कलाकारहरुको वायोग्राफीले उनीहरुको बारेमा अध्ययन र अनुसन्धान गर्न चाहने कला प्रेमीहरुलाई केही हदसम्म भएपनि सघाउ पुर्‍याउने उहाँले बताउनुभयो । 

Link: https://www.youtube.com/channel/UCks34k49d8stEhRZLDRnYjw