Chaina Musicians Association का पदाधिकारीलाई प्रज्ञा प्रतिष्ठानकाे कार्यालयमा स्वागत
भाद्र १३ गते ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा चाइना म्युजिसियनस् एसोसियसनका पदाधिकारीबीच प्रज्ञा प्रतिष्ठानको कार्यालयमा भाद्र १३ गते भेटवार्ता सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, उपकुलपति शम्भु राई तथा सदस्य सचिव कुश्मा महराले चाइना म्युजिसियनस् एसोसियसनका पदाधिकारी कार्यावाहक उपाध्यक्ष तथा महासचिव हान छिनयान (Mr. Han Xin''an), कोषध्यक्ष चेङ्ग गुइछान(Mr. Cheng Guichan) लगायतलाई कार्यालयमा स्वागत गर्नुभएको थियो ।
भेटमा सांस्कृतिक आदानप्रदान तथा अागामि याेजनाकाबारेमा दुईपक्षबीच महत्वपूर्ण छलफल भएको थियाे । उक्त अवसरमा कुलपति निशा शर्माले चिनिया प्रतिनिधि मण्डल प्रमुखलाई मायाकाे चिनाे प्रदान गर्नु भएकाे थियाे ।