शास्त्रीय सङ्गीतः सङ्गत र संवाद कार्यक्रम मिथिला नेपाल टेलिभिजनबाट साप्ताहिक रुपमा प्रसारण हुँदै

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र मिथिला नेपाल टेलिभिजन तथा नेपाल शास्त्रीय सङ्गीत समाजको सहकार्यमा २०७७ फाल्गुण १ गते बाट प्रत्येक शनिवार  साप्ताहिक कार्यक्रम शास्त्रीय सङ्गीतः सङ्गत र संवाद मिथिला नेपाल टेलिभिजन र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको फसबुक पेजमा समेत प्रसारण हुँदै आएको छ । कार्यक्रमको अंक प्रसार भईसकेको छ ।

फाल्गुण १ गतेबाट सुभारम्भ भएको कार्यक्रममा  सुप्रसिद्ध सङ्गीतज्ञ र सितारवादक डा. ध्रुवेशचन्द्र रेग्मी र फाल्गुण ८ गते प्रसारण भएको कार्यक्रममा वरिष्ठ तबलावादक जीवन राई सँग शास्त्रीय सङ्गीत र उहाँहरूको यात्राका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा सहजकर्ताको भूमिकामा कुन्दन पाठक र जोनिशा पौडेल हुनुहुन्छ ।