शास्त्रीय सङ्गीत उत्सव


पुष १० गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको   परम्परागत तथा शास्त्रीय सङ्गीत विभागको आयोजना तथा शास्त्रीय सङ्गीत समाज तथा पाठशाला नेपाल फाउण्डेशनको सहकार्यमा पाठशाला स्कूलको हलमा पुस १० गते शास्त्रीय सङ्गीत उत्सव सम्पन्न भएको छ । 
वरिष्ठ शास्त्रीय सङ्गीत गुरु एवं जलतरङ्ग वादक मोहन प्रसाद जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न शास्त्रीय सङ्गीत समूहहरुले आफ्नो मनमोहक प्रस्तुतिहरु दिनुभएको थियो ।