अन्तर्राष्ट्रिय सङ्गीत दिवसमा गुञ्जिए शास्त्रीय धूनहरु

काठमाण्डौ, ८ गते । अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसरमा असार ७ गते राजधानीमा शास्त्रीय सङ्गीत उत्सव २०७९ अन्तर्गत परम्परा एक सुरुवात..कार्यक्रममा शास्त्रीय सङ्गीत विधाका कलाकारहरुले साङ्गीतिक प्रस्तुति दिनुभएको छ । 
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ को सभाध्यक्ष तथा वरिष्ठ शास्त्रीय सङ्गीतज्ञ मोहन प्रसाद जोशीको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रम उहाँहरुले हार्मोनियम तथा जलतरङ्ग बजाएर उद्घाटन गर्नुभएको थियो । 
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा शास्त्रीय सङ्गीत समाज नेपाल र नेपाल टेलिभिजनको सहकार्यमा कमलपोखरीस्थित रुसी साँस्कृतिक केन्द्रमा शास्त्रीय सङ्गीत विधाका गुरु शिष्य सम्मिलित दश समूहले गायन, वाद्यवादन तथा नृत्य प्रस्तुतिहरु दिनु भएको हो ।
कार्यक्रमको सुरुवातमा शास्त्रीय सङ्गीतकर्मी  चन्दन श्रेष्ठको समूहले नेपलाी लोकसङ्गीतका शिखर व्यक्तित्व झलकमान गनधर्वको गीत गाएर कार्यक्रम प्रारम्भ गर्नुभएको थियो ।
त्यस पछि मोहनप्रासद जोशी र उहाँका शिक्ष्यहरुबाट शास्त्रीय वाद्यवादन प्रस्तुत भएको थियो । कार्यक्रममा ध्रुपद गुरुकुल काठमाडौका तर्फबाट उनोउवे शो र विशल भट्टराई तथा शिष्यहरुबाट ध्रुपद गायन, जयश्री सङ्गीत समाजका तर्फबाट लक्ष्मी डङ्गोल र शिष्यहरुबाट तबलावदन, त्रि.वि. ललितकला केन्द्रिय विभावको गायन प्रस्तुति, अमता दरभङ्गा घरानाका विष्णु आचार्य र शिष्यहरुको  ध्रुपद गायन, जीवन आले र शिष्यहरुको बाँसुरी वादन, श्री केसी र शिष्यहरुको गायन प्रस्तुति, अच्युतराम भण्डारी र शिष्यहरुबाट तबला बादन, सुलोचना कपाली र शिष्यहरुबाट नृत्य प्रस्तुतिहरु रहेको थियो ।
त्यसै अवसरमा शास्त्रीय सङ्गीत सम्बन्धी सङ्गीत शिक्षा पुस्तक लोकार्पण समेत गरिएको थियो । शास्त्रीय सङ्गीत समाजका अध्यक्ष धनबहादुर गोपालीले उक्त पुस्तकबारे प्रकाश पार्दै नेपाली शास्त्रीय सङ्गीतकर्मीको परीक्षा नेपालमै लिन पुस्तकले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै कार्यक्रम संयोजक प्राज्ञ धीरेन्द्र प्रेमर्षिले सङ्गीत ईश्वरीय आराधनाको सर्वोत्तम र सर्वसुलभ माध्यम हो भन्नु भयो ।
शास्त्रीय सङ्गीतका धूनहरुले गुञ्जयमान प्रेक्षालयमा शास्त्रीय सङ्गीतकमीर्,  विद्यार्थी तथा शास्त्रीय सङ्गीतका पारखीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम नृत्याङ्गना श्रुति काफ्लेले सञ्चालन गर्नुभएको थियो ।