साताव्यापी शास्त्रीय सङ्गीत सम्मेलन हुँदै

सङ्गीत प्रविण नरराज ढकालको सतवार्षिकीका अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको  आयोजनामा मिथिला टेलिभिजन तथा शास्त्रीय सङ्गीत समाजको सहकार्यमा साताव्यापी शास्त्रीय सङ्गीत सम्मेलन कार्यक्रमको आयोजना हुने भएको छ । 
२०७७ पुस ०९ गते देखि १५ गते सम्म चल्ने सम्मेलनमा सङ्गीत क्षेत्रका वरिष्ठ साधक देखि युवा साधकहरु समेतको गायन, बादन तथा नृत्य प्रस्तुत हुने कार्यक्रम मिथिला नेपाल टिभीमा साँझ ५ बजे देखि ६ बजे सम्म प्रत्यक्ष प्रसारण हुने जानकारी प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा परम्परागत सङ्गीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षि झाले दिनु भयो ।