साताव्यापी शास्त्रीय सङ्गीत सम्मेलन सम्पन्न


काठमाडौं । सङ्गीत प्रविण नरराजन ढकालको सतवार्षिकीका अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको शास्त्रीय तथा परम्परागत सङ्गीत विभागको आयोजना तथा शास्त्रीय सङ्गीत समाज र मिथिला नेपाल टेलिभिजनको सहआयोजनामा काठमाडौंमा साताव्यापी शास्त्रीय सङ्गीत सम्मेलन भव्यताका साथ समापन भएको छ । 
प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको भिडियो सन्देशमार्फत शुभारम्भ भएको कार्यक्रम पौष ९ गतेदेखि १५ गते सम्म कोरोना माहामारीका बीच मिथिला टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । भिडियो सन्देशमा कुलपति रायनले कार्यक्रमको सफलताको शुभकामना दिनुहुँदै  शास्त्रीय संगीतको विकासका लागि प्रतिष्ठानले अनेक क्रियाकलापहरु गर्ने सोच राखे पनि विश्वव्यापी महामारी कोभिड–१९ का कारणले गर्न नसिकिएको जानकारी दिँदै प्रज्ञा प्रतिष्ठान सम्बन्धित सबैको सल्लाह र साथबाट अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनु भयो । नेपाल शास्त्रीय संगीत समाजका महासचिव गोकुल लिम्बुले संगीत प्रवीण ढकाल गुरुको स्मृतिका साथयसरी सात दिनसम्म सिर्जना प्रस्तुति तथा रसास्वादनको अवसर पाउनु शास्त्रीय संगीत प्रेमीका लागि सौभाग्यको कुरा भएको बताउनुभयो ।


कार्यक्रमको पहिलो दिनको प्रसारणमा बोल्दै परम्परागत तथा शास्त्रीय संगीत विभाग प्रमुख प्राज्ञ धिरेन्द्र प्रेमर्षीले प्रस्तुति र प्रदर्शनजन्य क्रियाकलापहरुबाटै वास्तिविक रुपमा संगीतको विकास हुने बताउँदै अहिलेको समयमा सम्पूर्ण कलाकारहरुले आप्mनो उत्साहपूर्ण सहभागिताबाट शास्त्रीय संगीतको उन्नयनमा पु¥याएको टेवाप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रम उद्घाटन समारोहमा बोल्दै मिथिला नेपाल टेलिभिजनका प्रबन्ध निर्देशक हीराबहादुर थापाले कार्यक्रमको आयोजनामा सहकार्यको मौका दिएकोमा प्रतिष्ठानप्रति आभार प्रकट गर्दै नेपालमा शास्त्रीय संगीतको विकासमा टेवा पु¥याउन भविष्यमा आप्mनो टेलिभिजनबाट विशेष कार्यक्रम थाल्ने प्रतिवद्धता जनाउनुभयो  ।

पहिलो दिनको कार्यक्रममा गायकद्वय प्रभुराज ढकाल र प्रतिक ढकाल ले आफ्नो प्रस्तुति दिनुका साथै आप्mनो पिता नरराज ढकालको रचना, संगीत र स्वरमा रहेको गीत के थिएँ म के भएँ पनि सुनाउनु भएको थियो । प्रभु–प्रतिक दाजुभाइको साङ्गीतिक जुगलबन्दीलाई तबलामा डँकन चौधरी र हार्मोनियममा वसन्त उप्रेतीले साथ दिनुभएको थियो ।  कार्यक्रमको दोस्रो प्रस्तुतिको रुपमा रामकुमार अर्यालले सितारमा राग प्रस्तुत गर्नुभएको थियो र तवलामा परशुराम पौडेलले साथ दिनुभएको थियो ।
त्सैगरी दोस्रो दिन मनमोहन थपलियाले गायन प्रस्तुति दिनु भयो भने नागेन्द्र राईको बाँसुरीको सुरिलो धुनले सबैलाई मन्त्रमुग्ध बनायो । कार्यक्रमको तेस्रो दिन अर्थात पौष ११ गते विष्णुप्रसाद आचार्यले आफ्नो गायनको प्रस्तुति दिनुभयो भने कार्यक्रमको दोस्रो प्रस्तुति स्वरुप बदन मण्डलको बेजोड तबला वादनले माहोल सङ्गीतमय बनेको थियो ।
यस्तै चौथो दिनको कार्यक्रममा धनबहादुर गुरुङ को सहनाई वादन र लहानी चक्रवर्तीको गायनको प्रस्तुति रहेको थियो भने पाचौँ दिनमा वरिष्ठ गायक चन्डीप्रसाद काप्mले र शिवराज पौडेलको गायनको बजोड प्रस्तुति रहेको थियो भने अर्को प्रस्तुति स्वरुप डङ्कनदास चौधरीको तबला वादनको प्रस्तुति रहेको थियो ।


साताव्यापी चलेको शास्त्रीय संगीत सम्मेलनको छैटौँ दिन प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकास तमोटको समेत उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा बोल्दै उहाँले प्रज्ञा प्रतिष्ठानको उद्देश्यमाथि प्रकाश पार्दै संगीत प्रविण नरराज ढकालप्रति श्रद्धासुमन अर्पण गर्नुभयो । शास्त्रीय संगीत क्षेत्रको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि प्रज्ञा प्रतिष्ठानले गर्दै आएका क्रियाकलापकाबारेमा जानकारी गराउनु भयो ।


उक्त दिन मोहन प्रसाद जोशीले जल तरङ्ग वादनको मधुर धुनले मोहित तुल्याउनु भयो र उहाँलाई तबलामा मिलेश तन्डुकारले साथ दिनुभएको थियो । कार्यक्रमको दोस्रो प्रस्तुतिका रुपमा डा. सिता थापाको गायनको प्रस्तुति रहेको थियो जसमा उहाँलाई तबलामा कृष्ण कुमार खरेल र तानपुरामा मिरा राणाले साथ दिनुभएको थियो । उक्त दिनको अन्तिम प्रस्तुतिका रुपमा सन्तोषभक्त श्रेष्ठले इसराजवादनको मनमोहक प्रस्तुति दिनुभएको थियो । 


एक साता सम्म चलेको सम्मेलनको अन्तिम दिन नृत्य विशेष कार्यक्रम रहेको थियो । स्वजन रघुवंशीले भरतनाट्यम् र सुबिमा श्रेष्ठले कथक नृत्य प्रस्तुत गर्नभएको थियो । मिथिला नेपाल टेलिभिजनबाट साँझ ५ बजे देखि प्रसारण भएको कार्यक्रमलाई प्रस्तोताद्वय कुन्दन पाठक र जोनिसा पौडेलले सञ्चालन गर्नुभएको थियो ।