प्रज्ञा डबलीमा दाफा सम्बन्धी प्रस्तुतिमूलक सङ्गोष्ठी  सम्पन्न


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा( प्रतिष्ठानको   परम्परागत तथा शास्त्रीय सङ्गीत विभागको आयोजनामा काठमाडौं उपत्यकाका नेवार समुदायको दाफा भजन सम्बन्धी प्रस्तुतिमूलक सङ्गोष्ठी  सम्पन्न भयो । पुष ९ गते प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा उपत्यकाका नेवार समुदायको ५ समूहले आफ्नो प्रस्तुति दिएका थिए । 
चापागाउँ, कीर्तिपुर, टोखा, भक्तपुर र पाटनका गरी जम्मा ५ टोलीको सहभागीतामा  आयोजित  कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य धीरेन्द्र प्रेमर्षि को अध्यक्षता प्रज्ञारत्न तुलाधरको प्रमुख आतिथि हुनुहुन्थ्यो ।  कार्यक्रममा दाफा भजन सम्बन्धी कार्यपत्र   श्रीकृष्ण महर्जनले प्रस्तुत गर्नु भएको थियो भने गणेशराम लाछीले उक्त कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण रजनीमिलाले गर्नुभएको थियो । कार्यक्रममा नेपालभाषा अभियन्ता दिपक तुलाधर तथा  गुरु राजेन्द्र लगायतको उपस्थिति रहेको थियो ।