लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा आयोजित नाट्य कार्यशाला सम्पन्न

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सुदुरपश्चिम प्रदेशको धनगढी तथता लुम्बिनी प्रदेशको नेपालगन्जमा आयोजना गरेको सात दिने नाट्य कार्यशाला  सम्पन्न भएका छन् ।


कैलालीको धनगढीमा नाटक प्रशिक्षण कार्यशाला मंसिर २२ गते देखि सुरु भई मंसिर  २८ गते सम्पन्न भएको थियो भने नाट्यकमी विरेन्द्र हमाल प्रशिक्षक रहनुभएको नाट्य कार्यशाला २४ गते सुरु भई ३० गते समापन भएको छ ।  
एक औपचारिक समापन कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य निशा शर्मा पोखरेल, शान्ति–महेन्द्र हमाल प्रतिष्ठानका संरक्षक शान्ति हमाल, वरिष्ठ पत्रकार पूर्णलाल चुके लगायतले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

उक्त कार्यशाला समापन कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक स्वर्र्गीय महेन्द्र हमालको स्मृतिमा स्थापित शान्ति–महेन्द्र हमाल प्रतिष्ठाद्वारा कला संगीतको संरक्षण, सम्बद्र्धन एवं प्रबद्र्धनमा योगदान गरेको भन्दै लोकगायक कमल विके निर्मोेही, नृत्य निर्देशक सुन्दर गुरुङ्ग र अवधीभाषी रंगकर्मी वीरेन्द्र यादवलाई सम्मान गरिएको थियो । कलाकारत्रयलाई प्रदेश सभासद् हमाल, प्रतिष्ठानका संरक्षक शन्ति हमाल, प्रतिष्ठानका अध्यक्ष तथा एम. आर्ट थियटरका प्रबन्ध निर्देशक वीरेन्द्र हमालले सम्मान गरेका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार पूर्णलाल चुके, भेरी साहित्य समाजका केन्द्रीय महासचिव लेकप्रसाद प्याकुरेल, नृत्य निर्देशक सुन्दर गुरुङ्गलगायतले लुम्बिनी प्रदेशका भाषा, संस्कृति, गीत संगीत तथा कला संरक्षण, संवद्र्धन र विकासका लागि सभागृहको आवश्यकता जोड दिनु भयो  ।
प्रतिष्ठानकी नाटक विभाग प्रमुख निशा शर्माले यस्ता खालका प्रशिक्षण र कार्यशालाले स्थानीय कलाकारहरुलाई आफ्नो भाषा संस्कृति कलाकारिताको माध्यमले संरक्षण र संवद्र्धनमा लाग्न प्रोत्साहित गर्ने बताउनु भयो । 

नाट्यकर्मी वीरेन्द्र हमालले दिएको प्रशिक्षणमा बाँके, बर्दिया, दाङ्ग, कैलाली, सुर्खेत, अछाम, कालिकोट लगायतका जिल्लाहरुबाट ३७ जना युवाहरु तथा धनगढीमा संञ्चालित प्रशिक्षणमा १५ जना स्थानीय तथा आसपासका युवाहरुले सहभागिता जनाएका थिए ।