झापाका लोपोन्मुख जातिका मौलिक लोकनृत्य प्रदर्शन


 जेठ १७ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा एभ्रेष्ट आर्टस् कल्चर नेपालको स्थानीय संयोजनमा लोपोन्मुख मौलिक लोकनृत्य प्रदर्शन कार्यक्रम बिर्तामोडमा जेठ १४ गते सम्पन्न भएको छ । 
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभाग प्रमुख नमुना शर्माको अध्यक्षता तथा संविधान सभा सदस्य दीपक कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम प्रमुख अतिथि, अध्यक्ष तथा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोट लगायतले नगरा, ढोलक आदि वाद्यवादन बजाएर उद्धाटन गरिएको थियो ।

एभ्रेष्ट आर्टस् कल्चरका अध्यक्ष सुनील थापाले कार्यक्रमको उद्देश्य प्रकाश पार्दै झापाका लोपोन्मुख जातिका लोकनृत्यहरुको संवद्र्धन र प्रवद्र्धन गर्नका लागि कार्यक्रम आयोजना भएको बताउनु भयो ।

 कार्यक्रममा झापाका पाँच वटा लोपोन्मुख जाति मुण्डा, किसान, उराव, करुवा र विर्जाका मौलिक लोक नृत्यहरु सम्बन्धित जाति र नृत्यको परिचय सहित प्रस्तुत गरिएको थियो । विश्वनीत मुण्डा, भीम किसान, विनिता उराव, सन्तोष करुवा र प्रकाश विर्जाले आ आफ्ना जातिका बारेमा जानकारी गराउँदै प्रस्तुत गरिने नृत्य कुन प्रसङ्ग वा अवसरमा नाचिने हो, सो समेत जानकारी गराउनु भएको थियो । 

उक्त कार्यक्रममा पूर्वाञ्चल क्षेत्रमा नृत्य विधा प्रशिक्षण दिएर नृत्य क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप धरान निवासी नृत्य निर्देशक मणि राईलाई दोसल्ला तथा प्रमाणपत्रद्वारा सम्मान गएको थियो । 
कार्यक्रममा आफ्नो भनाई राख्दै उपस्थित अतिथिहरुले यस्ता कार्यक्रमले लोपोन्मुख जातिका कलाकारहरुलाई आफ्नो मौलिक नृत्यहरुलाई संरक्षण र प्रवद्र्धन गर्न अभिप्रेरित गर्ने बताउनु भयो । 
कार्यक्रममा नृत्य प्रस्तुत गर्ने कलाकार तथा गायकलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम एभ्रेष्ट आर्टस् कल्चर नेपालकी सुनिता तामाङले गर्नुभएको थियो ।