नाटक ‘गच्छामि’ को प्रदर्शन
पुस ११ गते । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा निर्माणमा नाटक ‘गच्छामि’ को प्रदर्शन गरिएको छ । प्राज्ञ तथा नाटक विभाग प्रमुख निशा शर्माको संयोजन, वरिष्ठ नाटक निर्र्देशक सुनील पोखरेलको परिकल्पना तथा निर्देशन तथा वरिष्ठ रङ्गकर्मी बिरेन्द्र हमालको सहनिर्देशनमा नाटक तयार पारिएको हो । पुस ११ गते साँझ ५ बजे थापागाउँस्थित कुञ्ज थिएटरमा प्रदर्शन गरिएको नाटक अवलोकनका लागि प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो ।