पोखराबासीले सुने गण्डकीका धूनहरु

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान आयोजना तथा हिमाली सांस्कृतिक परिवारको सहकार्यमा पोखरामा मंसिर २० र २१ गते दुई दिने वाजा सम्मेलनः गण्डकीका धूनकार्यक्रम शनिवार सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा संगीत विभाग प्रमुख अशोक राईको संयोजनमा सम्पन्न सो कार्यक्रमको पहिलो दिन गण्डकी प्रदशमा प्रचलित विभिन्न ७० थरीका वाद्यवादन सामग्रीहरु कास्की जिल्लाको गैरापाटनस्थित कुमुदिनी होम्स् एकेडेमी स्कूल परिसरमा प्रदर्शनीमा राखिएको थियो । करिब १५ सय विद्यार्थीहरुद्वारा अवलोकन गरिएको वाद्यसामग्री प्रदर्शनी कार्यक्रममा नयाँ पुस्ताहरुले नेपाली मौलिक वाद्य सामग्रीहरु बारे जानकारी लिए ।

  

सोही दिन  आयोजित विचार गोष्ठी कार्यक्रममा तीन वटा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । उपल्लो मुस्ताङमा प्रचलित वाद्य सामग्री, पञ्चे बाजा, तथा थारु जातिका मौलिक बाजाहरुमाथि कार्यपत्र प्रस्तुत गरिएको थियो ।
 

  

संयोजक अशोक राईको अध्यक्षता तथा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा सुरु भएको दोस्रो तथा अन्तिम दिनको  कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाबाट प्रतिनित्व गरेर आएका  १२ समुहका १५० कलाकारहरुले प्रदेशभित्र प्रचलित विभिन्न वाद्यवादनका धूनहरु प्रस्तुत गरे  
उद्योग वाणिज्य महासंघको सभाहलमा आयोजित कार्यक्रममा कास्की जिल्लाको प्रतिनिधित्व गर्दै तेस्रापट्टी ताया मचा समितिद्वारा नेवारी धुन, मृदङ्गा, झ्याली, ता र लोपन्मुख बाजा ढल्कीको प्रस्तुति दिए भने, कास्की जिल्लाबाट नै झलकमान गन्घर्व सारङ्गी पाठशालाले गाईने धुन, डाफे चरी आर बाजा, सारङ्गी, मादल, मुजुरा प्रस्तुत गरे । 

  
त्यसै गरी लम्जुङबाट सहभागिता जनाएको दुद्यपोखरी तमु समाजले स्वर्ग जाने धुन ः तौंउदु, झ्यालीको प्रस्तुति दियोे । यस्तै मनाङको बौद्ध अघौँ सदनले लामा बाजा, बौद्ध धुन प्रस्तुत ग¥यो भने लम्जुङ, कास्की, गोर्खा र स्याङजा जिल्लाको प्रतिनिधित्व गर्दै तमु प्ये ल्हु संघ केन्द्रिय कार्यालयले पच्यू, ध्याप्रि, झाक्री गुरुहरुको बाजा धुन ढ्याङग्रो, शंख, झ्याली आदिको प्रस्तुति दियो । 

  
उपल्लो मुस्ताङको हिमालयन ग्रुपको कर्म फारमले शेब्ु धुनः टुङ्ना, सारंगी, बासुरी, ह्याङजे, ढग्ने बाजाहरुको धून प्रस्तुत ग¥यो भने बाग्लुङ जिल्लाबाट पञ्चे बाजा समूहले सनाही, नरसिंह, दमाह, ढोलकी, ट्याम्को बाट  लोपन्मुख धुनहरु प्रस्तुत ग¥यो । यस्तै नवलपुर जिल्लाबाट सहभागी नवलपुर थारु समूहले थारु संस्कृति धुनहरु, मानर, मुजुरा प्रस्तुत ग¥यो । स्याङजा जिल्लाको प्रतिनिधित्व सिर्सेकोट नौथुम तमु समाजले  सालको पात, च्याखुरी, चिलौनी जस्ता पातको प्रयोग गरी पातको धून प्रस्तुत ग¥यो भने तनहुकोलाफा मगर समाज घासीकुवाद्वारा खैजडी, झ्याली र मुजुराजस्ता बाजाको प्रयोगले कौडा धून प्रस्तुत गरेको थियो । 

  

हिमाली साँस्कृतिक परिवारका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत मन्तव्य दिनु भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठले हराउँदै गएका बाजाहरुको विकास र संरक्षणका लागि प्रज्ञा प्रतिष्ठानले सबै जिल्लाबाट लोप हुन लागेका वाजाहरु जम्मा गरेर प्रदर्शन गर्नुका साथै मौलिक वाजा र धूनहरुको संरक्षण र विकासका लागि गण्डकीका धूनहरु कार्यक्रम आयोजना गरेको  बताउनु भयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कला र संस्कृतिको पुस्तान्तरण हुन नसक्दा सबै संस्कार इतिहास बन्ने अवस्थामा पुगेको बताउनु हुँदै उहाँले भन्नु भयो ‘पश्चिमी वाजाहरुको बढ्दो प्रभावका कारण नेपाली मौलिक बाजाहरु हराउँदै गइरहेको छ ।’
  

संयोजक अशोक राईले कार्यक्रमले नेपाली लोपोन्मुख बाजाहरुको संरक्षण र प्रवद्धन गर्नमा योगदान दिने बताउनु भयो ।  हिमाली साँस्कृतिक परिवारका  सचिब श्रीजंग गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य हरिदेवी कोइराला, पूर्व प्राज्ञ सभा सदस्य प्रकाश घिमिरे, पूर्ण नेपाली लगायत संगीत नाटक क्षेत्रका थुप्रै श्रष्टा सर्जकहरु तथा संगीत प्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।