Geet Ghazal Camp and Intellectual Property and Copyright Awareness Program held in Solukhumbu

चैत्र ११, २०७८ । गीतकार सङ्घ नेपालको आयोजना तथा नेपाल संगीत तथा नाट् प्रज्ञा प्रतिष्ठान  र नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको सहकार्यमा  चैत्र ४ र ५ गते प्रदेश नं.१ अन्तर्गतका सोलुखुम्बु,ओखलढुङ्गा, उदयपुर, खोटाङ्ग भोजपुर र संखुवासभा गरी ६ जिल्लाको सहभागीतामा गीत गजल शिविर तथा गीत गजल प्रतियोगिता साथै बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार सम्बन्धी सचेतना कार्यक्रम सोलुखुम्बु जिल्ला स्थित सल्लेरी बजारको लक्ष्मी होटलमा सम्पन्न भएको छ  ।

चैत्र ४ गते शुक्रवार ११ः ३० बजे देखि १५ : ३० बजेसम्म संचालन भएको कार्यक्रमकाे पहिलो दिनकाे कार्यक्रमको अध्यक्षता गीतकार सङ्घ नेपालका अध्यक्ष श्री शुभ मुकारुङज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथिमा गीतकार सङ्घ नेपालका सल्लाहकार श्री राजेन्द्र थापाज्यूले गर्नु भएको  थियो । प्रमुख अतिथिज्यूबाट उद्घाटन तथा कार्यक्रम संयोजक श्री महेन्द्रदीप राईज्यूले स्वागत मन्तव्य दिनुभएकोमा कार्यक्रम बारे संक्षिप्त जानकारी गीतकार सङ्घ नेपालका उपाध्यक्ष श्री बसन्त वित्यासी थापाज्यूले दिनुभएको साथै शुभकामना मन्तव्य मा विशेष अतिथिज्यूहरु स.प्र.जि.अ श्री लक्ष्मी भट्टराई ‘विभूती’, सोलु एफ.एमका श्री भोजराज कार्की, एभरेष्ट मल्टिपल कलेजका प्रमुख श्री प्रेम कुमार राई, सोलुदुधकुण्ड न.पाका प्र.अ श्री पुरुषोत्तम अधिकारी तथा जि.स.स. सोलुका अध्यक्ष श्री वीर कुमार राई लगायत अन्य वक्ताहरुले शुभकामना व्यक्त गर्दै महासचिव रमेश कोइरालाले बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारको सम्बन्धमा प्रकाश पार्नुभएको थियो  ।  प्रमुख अतिथि श्री राजेन्द्र थापाज्यूले उक्त विषयका सम्बन्धमा वर्तमान अवस्था बारे प्रकाश पार्नु भएको थियो ।

दोस्रो दिन ६ जिल्लाका सहभागी गीतकार तथा गजलकारहरुले आफ्ना गीत तथा गजल प्रस्तुत गनुृभएको थियो भने गीतकार संघ नेपालका कोषाध्यक्ष श्री जे.बी. समयोगीज्यूले ‘नेपाली संस्कृतिसंग गीतको सम्बन्ध’ शिर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएकोमा सो कार्यपत्र माथि टिप्पणी डा. भक्त राईज्यूले टिप्पणी गर्नु भएको थियो । अन्तिम कार्यक्रममा सहभागी ४४ ओटा गीत गजल प्रतियोगीहरु मध्ये प्रथम र तृतीय सोलुखुम्बु जिल्लाका चन्द्र प्रभात राई र देव समिप हुनु भएको थियो भने द्धितिय ओखलढङ्गाका लक्षमण बस्नेत हुनुभएको थियो । प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई क्रमश : रु १०,०००।–, रु ८,०००।– र रु ५,०००।– तथा प्रमाण पत्र वितरण गरिएको थियो साथै प्रथम, द्वितीय , तृतीय गीत तथा गजललाई रेकर्ड गर्ने व्यवस्था समेत भएको बारे जानकारीका साथ कार्यक्रम सम्पन्न भएको थियो ।