सात दिने International Training of Voice and Speech सम्पन्न

 चैत १७ गते, २०७८ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सात दिने International Training of Voice and Speech कुञ्ज थिएटर थापागाउँमा चैत १७ गते सम्पन्न भएको छ ।

समापन समारोहमा बोल्दै प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ प्रशिक्षणमा सिकेका कुराहरुलाई आप्mनो अभिनय कलामा कुशल रुपमा उपयोग गर्न प्रशिक्षार्थीहरुलाई सुझाव दिनु हुँदै नेपालमा आएर नेपाली प्रशिक्षाथीहरुलाई प्रशिक्षित गर्नु भएकोमा प्रशिद्ध भारतीय रङ्गकर्मी अमित बेनर्जी लाई धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रशिक्षक अमित बेनर्जीले आफू नेपाल आएर सिकाउन पाउँदा ज्यादै खुसी लागेको बताउँदै आउँदा दिनमा आवश्यक परेको खण्डमा फेरि पनि आउन इच्छुक रहेको बताउनु भयो ।

प्रशिक्षणमा देशका १४ नाट्य संस्थासँग आबद्ध ३८ जना कलाकारहरू सहभागीकार्यक्रममा दुई प्रशिक्षाथीहरुले प्रशिक्षणका क्रममा सिकेका कुराहरुको प्रयोगात्मक प्रस्तुति दिर्नुभएको थियो । कुलपति नारायणभक्त श्रेष्ठले प्रशिक्षक अमित बेनर्जीलाई मायाको चिनो प्रदान गर्नुभए पश्चात प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षाथीहरुलाई प्रज्ञा प्रतिष्ठानका कुलपति, सदस्य सचिव श्यामप्रकाश तमोट, प्राज्ञ निशा शर्मा, प्राज्ञ नमूना शर्मा लगायतले संयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

निर्देशक सुनिल पोखरेलले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, कर्मचारी लगायत रङ्गकर्मीहरुको उपस्थिति रहेको थियो ।