International Training of Voice and Speech Started

चैत्र ११ गते, २०७८ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे आयाेजनामा International Training of Voice and Speech कुञ्ज थिएटर थापागाउँमा आजबाट सुरू भएकाे छ ।

उद्घाटन सत्रमा प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ, उपकुलपति हरिहर शर्मा, सदस्य सचिव श्यामप्रकाश तमाेट, प्राज्ञ निशा शर्मा, रङ्गकर्मी सुनिल पाेखरेलले भारतका प्रशिद्ध रङ्गकर्मी अमित बेनर्जीलाई खादा र मालाले स्वागत गर्नुभएकाे थियाे ।

बेनर्जीले दिने प्रशिक्षणमा देशका १४ नाट्य संस्थासँग आबद्ध ३८ जना कलाकारहरू सहभागी हुनुहुन्छ । प्रशिक्षण चैत्र १७ गते सम्म चल्नेछ ।