प्रतिष्ठानका कुलपति र नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महामहिम राजदूतबीच भेटघाट

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति श्री नारायणभक्त श्रेष्ठ रायन) ज्यू र नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मन (Jo Yong Man) बीच प्रतिष्ठानको कार्यालय बालुवाटार, भाटभटेनीमा माघ २६ गते मित्रतापूर्ण भेटघाट भयो । भेटघाटमा नेपाल र कोरियाबीच रहेको साँस्कृतिक सम्बन्धका बारेमा कुराकानी भए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच आपसमा साँस्कृतिक आदान–प्रदान गर्ने विषयमा निकै अभिरुचीका साथ छलफल सम्पन्न भयो । उक्त छलफलमा कोरियाली कन्सुलर किम जोङ ह्योक (Kim Jong Hyok) र नेपाल कोरिया मैत्रीसँघका श्री सुबास श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।