महोत्सवको दोस्रो दिन थारु भाषाको नाटक ‘कनन हरलता’ मञ्चन

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानले आयोजना  र आरोहण गुरुकुलको सहकार्यमा आयोजना गरिएको  ‘बहुभाषिक नाट्य उत्सव २०७९’ अहिले थापा गाउँको कुञ्ज थिएटरमा रहेको आरोहण गुरुकुलमा सञ्चालन भईरहेको छ ।
असार १२ देखि १८ गते सम्म सञ्चालन हुने उत्सवमा विभिन्न भाषाभाषीको ७ वटा नाटक मञ्चन हुने कार्यतालिका रहेको छ । उत्सवमा लाप्चा, थारु, वाम्बुले राई, चाम्लिङ, पुमा, लिम्बु र खस भाषाका गरी ७ वटा भाषामा नाटकहरू मञ्चन हुनेछन् ।

 महोत्सवको दोस्रो दिन, पुरानो नाट्य घर रौतहटले थारु भाषाको नाटक ‘कनन हरलता’ प्रस्तुत गरेको थियो । महाभारतको युद्धपछि राजा परीक्षितको टाउकोमा सुनको रूप लिएर कलियुगले बास गरेको भन्ने धार्मिक कथनको वरपरका कमथा समेटेर निर्देशक कुन्दन थारुले निर्देशन गरेको नाटक हो ‘कनन हरलता’ ।

नाटकमा राजा परीक्षित का छोरा र छिमेकी राज्यकी राजकुमारीको बिच भएको वियोगान्त प्रेमकथालाई समेटिएको छ ।

बहुभाषिक नाट्य उत्सव अन्तरगतका नाटकहरू यही असार १२ देखि १८ गते सम्म हरेक साँझ ५स्३० बजे कुञ्ज थिएटरमा रहेको आरोहण गुरुकुलमा मञ्चन हुनेछ ।