लुम्बिनी प्रदेशका लोपोन्मुख जातिहरुका लोक गीतहरुको छायाङ्कन गरी वृत्तचित्र र अनुसन्धानात्मक कृति प्रकाशन गरिने 


चैत १७ गते, २०७८ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक सङ्गीत विभागले लुम्बिनी प्रदेशका गन्धर्वहरुको संस्कृतिमा प्रचलित  सारंगी  फुकाउने , बान्ने र भोटको सवाइ गीतहरु र  चमार जातिमा प्रचलित  हाहाकार  बाजा बादन र यस जातिमा प्रचलित  गीत गायनको छायाङ्ककन  सम्पन्न भएको छ । यि दुई समुदायको संस्कृतिमा आधारित गीतहरुलाई वृत्तचित्रको रुपमा निर्माण गर्ने  प्राज्ञ हरिदेवी कोइरालाले बताउनुभ भयो । 
यससँगै  मधेसी समुदायमा प्रचलित र हाल लोपोन्मुख अवस्थामा रहेको अवधि भाषाको लोकगीतहरुको  अभिलेखिकरण पनि गरिने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक सङ्गीत विभागको वार्षिक कार्यक्रम अन्तर्गत सो कार्य हुन लागेको बताउँदै मधेसी समुदायको संस्कृति र परम्परा झल्कने अवधी भाषाका लोक गीतहरुको संरक्षण र प्रवद्र्धनमा थोरै भए पनि टेवा पुगोस् भन्ने हेतुले अभिलेखिकरण गर्न लागिएको लोक सङ्गीत विभागकी प्रमुख प्राज्ञ हरिदेवी कोइरालाले बताउनुभयो । उक्त कार्यको लागि प्राज्ञ कोइरालाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीय संस्कृतिकर्मीहरुसँग छलफल गरी पूर्व तयारी सम्पन्न भएको जानकारी दिनुभयो । यस कार्यमा  संस्कृतिवृद डा. गोविन्द आचार्यले अनुसन्धानकर्ताको भूमिका हुनुहुन्छ ।