२८जना थारु समुदायका युवाले सिके थारु मादल (मन्ड्रा)
बैशाख १ गते, २०७९। लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल ९मन्ड्रा० दाङ घोराही उपमहानगरपालिका गुलरियामा संचालन भएको १० दिने प्रशिक्षण कार्यक्रम बैशाख १ गते एक समारोहको आयोजना गरी औपचारिक रुपमा समापन गरिएको छ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङ२को स्थानीय व्यवस्थापनमा संचालित उक्त कार्यक्रम चैत२२बाट सुरु भएको थियोे ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २८जना थारु समुदायका महिला तथा पुरुष सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक बरिष्ठ ताल बादक खड्ग बुडा मगरले सैद्धान्तिक तथा ब्यवहारिक ज्ञानको तालिम दिनु भएको थियोे ।
समापन समारोह प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रम संयोजक अशोक राईको सभापतित्वमा तथा राष्ट्रिय नाचघर काठमाडौंका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो।
समापन समारोहमा प्रशिक्षार्थीहरूले तालिममा सिकेका त्रसान, सखियापैया, ठरपैया, मघौटाका विभिन्न तालहरु स्वर लिपी हेरेर मादल बादन गरेका थिए।
प्रमुख अतिथी प्रेमनाथ अधिकारी, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी,प्राज्ञ डा। गोबिन्द आचार्य, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सबिन प्रियासन, दाङ उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल आचार्य लगायत स्थानीय समाज सेवीहरूले समापन कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो।
ऐतिहासिक थारु मौलिक बाजा मादल ९मन्ड्रा० प्रशिक्षण पहिलोपटक स्वर लिपी तयार गरि १० दिन सम्म प्रशिक्षण गरिएको थियो ।
दाङ घोराही स्थित काबिला रिसोर्टमा आयोजित समापन कार्यक्रम थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर २ का अध्यक्ष अनिल चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई प्रशिक्षार्थी तथा कार्यक्रमका संयोजक कुलबिर चौधरीले सञ्चालन गर्नु भएको थियो भने प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि प्रेमनाथ अधिकारीद्वारा प्रमाणपत्र प्रदान गरिएको थियो ।
News Credit: https://www.loksambad.com/news/22603