राजधानीमा बहुभाषिक नाट्य उत्सव २०७९ सुरु

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही असार १२ देखि  बहुभाषिक नाट्य उत्सव २०७९ु  । आरोहण , गुरूकुलको सहकार्य रहेको नाट्य उत्सवमा देशभरीबाट आएका नाटकहरुमध्ये विभिन्न भाषा भाषीका ७ वटा नाटक छनौट भई मञ्चन सुरु भएको छ।
उत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा।जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब श्यामप्रकाश तमोट र अग्रज नाट्यकर्मी अशेष मल्लले  संयुक्त रुपमा गर्नु भयो ।
नाट्य उत्सवको पहिलो दिन लाप्चा उत्थान मञ्चको लाप्चा भाषाको ‘स्वर्ग जाने बाटो’ मञ्चन भयो । यो नाटकमा स्थानीय कलाकारहरु सोङकित लाप्चा, ज्ञान बहादुर लाप्चा, ओङछिरिङ लाप्चा, दीमित लाप्चा, मिनमित लाप्चा, पेमकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टी राई र संजोक घिमिरेले यो नाटकमा अभिनय गर्नुभएको थियो । निर्देशक सोङकित लाप्चा र कलाकारहरुले प्रसँसनीय काम गरेको सहभागी दर्शकले बताउनु भयो।
नेपाल बहुजाती तथा बहुभाषिक मुलुक भएकाले यस्तो नाटक उत्सब नियमित रुपमा आयोजना गर्नु पर्ने भनाई उत्सबको उद्घाटन समारोहमा उपकुलपति डा। गुरुङले राख्नुभयो । यस्ता नाटक उत्सबले भाषा भाषिकाका नाटकहरुलाई पनि मुलधारमा ल्याउन मद्धत पु¥याउने विश्वास उनले सो क्रममा व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका सदस्य सचिब तमोटले उत्सवमा मञ्चन हुने सबै नाटकहरु फरक फरक समुदायका र उत्कृष्ट भएको बताउनु भयो ।

उत्सवसंयोजक एवम् प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य निशा शर्माले दुई वर्ष अघि नै आयोजना हुने भनिएको यो नाटक उत्सव कोरोना महामारीका कारण बल्ल आफुहरुले आयोजना गर्न सकेको बताउनु भयो । आईतबारबाट सुरु भएको यो उत्सब सप्ताहव्यापी रुपमा आयोजना हुने र हरेक दिन दर्शकले यहाँ फरक फरक समुदायका नाटक हेर्न पाउने उहाँले बताउनु भयो । 

नाट्य उत्सव अवधिभर लाप्चा उत्थान मञ्चको लाप्चा भाषाको ‘स्वर्ग जाने सिडि’, पुरानो घर समूहको थारु भाषाको ‘कनन हरलता’, बाम्बुले राई समाजको राई भाषाको ‘सुश्री सुम्निमा’, रङ्गभूमि एकेडेमीको तामाङ भाषाको ‘डम्फुला साङ्ग्युर’, सुम्निमा थिएटरको पुमा भाषाको ‘होङ्छा’, चुलाचुली रङ्गमञ्चको लिम्बु भाषाको ‘सुविउ चरी’ र कर्णाली खस संस्कृति संरक्षण केन्द्रको खस भाषाको ‘कुटिरो’ मञ्चन हुनेछन् ।

नाटकहरु निरन्तर ७ दिनसम्म साँझ ५ः३० बजे थापागाँउस्थित कञ्ज नाटकघरमा मञ्चन हुनेछन् ।