‘बहुभाषिक नाट्य उत्सव २०७९’मा सात दिन सात नाटक मञ्चन भए

असार १९ काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानको  आयोजना गरेकाे साताव्यापी  ‘बहुभाषिक नाट्य उत्सव २०७९’ सात दिन सात नाटक मञ्चन गर्दै सकिएकाे छ ।  असार १२ गते देखि सुरु भएको उत्सवमा लाप्चा, थारु, वाम्बुले राई, चाम्लिङ, पुमा, लिम्बु र खस भाषाका सात नाटक मञ्चन गरिएकाे थियाे ।

नाट्य उत्सवको पहिलो दिन लाप्चा उत्थान मञ्चको लाप्चा भाषाको ‘स्वर्ग जाने बाटो’ मञ्चन भएकाे थियाे  । यो नाटकमा स्थानीय कलाकारहरु सोङकित लाप्चा, ज्ञान बहादुर लाप्चा, ओङछिरिङ लाप्चा, दीमित लाप्चा, मिनमित लाप्चा, पेमकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टी राई र संजोक घिमिरेले यो नाटकमा अभिनय गर्नुभएको थियो ।

 त्यसैगरी दाेस्राे दिन पुरानो घर समूहको थारु भाषाको ‘कनन हरलता’ मञ्चन भयाे । महाभारतको युद्धपछि राजा परीक्षितको टाउकोमा सुनको रूप लिएर कलियुगले बास गरेको भन्ने धार्मिक कथनको वरपरका कमथा समेटेर निर्देशक कुन्दन थारुले निर्देशन गरेको नाटक हो ‘कनन हरलता’ ।

त्यस्तै तेस्राे दिन वाम्बुले राई भाषाको नाटक ‘सुम्निमा’ मञ्चन भएको  थियो । वाम्बुले राई समाज, ओखलढुङ्गाको प्रस्तुति रहेको नाटक ‘सुम्निमा’ मा ग्रामीण किराँत समुदायको पितृसत्तात्मक सोच, एक निर्दोष नारीमाथि थुपार्दाको प्रतिबिम्बित परिघटना र परिणामलाई समावेश गरिएको थियाे ।

 त्यस‍गरी उत्सवकाे चाैथाे दिन  रङ्गभूमि एकेडेमीको तामाङ भाषाको ‘डम्फुला साङ्ग्युर’,  पाँचाैँ दिन सुम्निमा थिएटरको पुमा भाषाको ‘होङ्छा’,  छैठाैँ दिन चुलाचुली रङ्गमञ्चको लिम्बु भाषाको ‘सुविउ चरी’ र  उत्सवकाे अन्तिम दिन  कर्णाली खस संस्कृति संरक्षण केन्द्रको खस भाषाको ‘कुटिरो’ मञ्चन  भएकाे थियाे  ।