नेपाली मौलिक परम्परागत गीतको गायन शैली र बाजा बारे अन्तरक्रिया तथा छलफल सम्पन्न

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा  नेपाली लोपोन्मुख मौलिक तथा परम्परागत गायनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले असार ६ गते पोखरामा  नेपाली मौलिक परम्परागत गीतको गायन शैली र बाजा बारे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमबारे प्रकाश पार्दै प्राज्ञ हरिदेवी कोइरालाले नेपाली मौलिक तथा परम्परागत धुन संकलन गरी स्वरांकन, छायांकन एवं अभिलेखिकरण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
 विशेषत गण्डकी प्रदेशमा प्रचलनमा रहेका मौलिक गीत, गायन पद्धति एवम् बाजा सम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रममा कास्की तथा आसमासका कलाकार, संस्कृतिकर्मीहरुको सहभागिता रहेको थियो । छलफलका क्रममा यस्ता पुराना अमूर्त सम्पदाहरु पछिल्लो पुस्ताहरुमा हस्तान्तरण हुन नसक्नु दुखद् भएको बताउनु भयो । 
खासगरी क्षत्री, ब्राह्मण, ठकुरी आदि समुदायमा  कुनै धार्मिक अनुष्ठान एवं शुभकार्य गर्दा गाउँदै आएका गायन शैली मध्ये बालनको आरम्भमा गाईने लहरी, मंगलाचरण तथा भजनकीर्तन गर्दा गाइन्े आरती भजन र बाजाबारे कार्यक्रममा चर्चा गरिएको थियो । 
कार्यक्रममा त्रिवेणी संगीतालयका प्रबन्धक नवराज बरालले आप्mनो भनाई राख्दै परम्परागत गीतसंगीत तथा सांस्कृति संरक्षणका लागि आप्mनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

त्यसैगरी बालन एवं कला संस्कृति प्रतिष्ठान नेपालका अध्यक्ष खगराज शर्मा आचार्यले संस्कृति संरक्षण जस्तो महत्वपूर्ण अभियनमा जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । 
उक्त कार्यक्रममा स्थानीय कलाकारहरुबाट नेपाली भेषभूषामा परम्परागत बाजाको साथ बालनको भावार्थ, यसमा गाइने  मंगलचरण , लहरी र भजनकीर्तमा गाइने आरतीको आकर्षक प्रस्तुति दिइएको थियो ।
कार्यक्रमा प्राज्ञ हरिदेवी कोइरालाले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ले संस्कृति संरक्षण, प्रवद्र्धन, अध्ययन तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै आप्mना गतिविधिहरु सञ्चालन गदैआएको जानिकारी गराउनु भयो ।