कुलपतिबाट प्राज्ञ परिषद सदस्य चेतन सापकोटा लगायत ४ जना सभा सदस्यहरुको  शपथ ग्रहण


काठमाडाैं । कुलपतिबाट प्राज्ञ परिषद सदस्य चेतन सापकोटा लगायत ४ जना सभा सदस्यहरुले  शपथ  लिनु भएकाे छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको संयोजकत्वको सिफारिस समितिको सिफारिस बमोजिम फागुन ४ गते नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मालाई शपथ ग्रहण गराउनु भए पछि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सभा हलमा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त उपकुलपति, सदस्य सचिव,  ५ जना प्राज्ञ परिषद सदस्यहरु तथा ८ जना सभा सदस्यहरुलाई कुलपति शर्माले शपथ गराउनु भएको थियो । 

उक्त शपथ ग्रहण समारोहमा विविध कारणले अनुपस्थित रहनुभएका प्राज्ञ परिषद सदस्य चेतन सापकोटा, प्राज्ञ सभा सदस्यहरु विनितकुमार ठाकुर, दिलबन्धु यादव, सुरोजकुमार मादेन, टिका राई चाम्लिङले फागुन १८ गते बिहिबारका दिन कुलपति निशा शर्माबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भयो ।

 कुलपति निशा शर्माले सपथ ग्रहण पश्चात प्राज्ञहरुलाई  स्वागत गर्नु हुँदै  प्राज्ञ सभा सदस्यमा मनोनित १५ जना  सदस्यमध्ये पद तथा गोपनियताको शपथ लिन बाँकी कमलमणि नेपाल, हरिप्रसाद पौडेल तथा विष्णु मोक्तन गरी ३ जनालाई  पनि समय अनुकुल मिलाएर शपथ गराउने जानकारी दिनुभयो ।

शपथ ग्रहण पछि नवनियुक्त प्राज्ञ परिषद् सदस्य चेतन सापकाेटाले कुलपतिकाे उप‌स्थितिमा पद बहाली गर्नुहुँदै सबैलाई धन्यवाद व्यक्त गर्नु भयाे ।