हाम्रो बाजाः हाम्रै धुन सम्बन्धी जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम आयोजना


काठमाडौं, पौष २४ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पौष २७ गते, आइतबार २९८ औँ पृथ्वी जयन्ती तथा नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा आयोजना गर्नें हाम्रो बाजाःहाम्रै धुन (वाद्यबृन्द) कार्यक्रम सम्बन्धी जानकारी आदान प्रदान गर्न प्रतिष्ठानको कार्यलयमा पत्रकारहरुसँग भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ, उपकुलपति हरिहर शर्मा, सदस्य सचिव शर्मा, मेघराज शर्मा मञ्जुल, प्रतिष्ठानका शाखा अधिकृत ध्रुब वाग्ले, फोटो ग्राफर श्याम प्रकाश तमोट, प्रज्ञा परिषद् सदस्य हरिदेवी कोइराला, नमुना शर्मा, निशा रत्नसेन हजुर, लगायत  कान्तिपुर दैनिक, नागरिक, नेपाल समाचार पत्र, सारा खबर, कामना, एभिन्यूज टिभी लगायत अन्य संचार माध्यमका संवाददाताहरुको उपस्थिति रहेको थियो ।

कुलपति रायनले पत्रकारहरुलाई सम्बोधन गर्दै नेपाली मौलिक बाजा तथा गीतहरुको संरक्षणमा प्रतिष्ठान लागिपरेको बताउनु भयो ।  


पत्रकारहरुलाई कार्यक्रमको जानकारी दिने क्रममा प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमोटले पाश्चात्य बाजाहरुको बढ्दै गएको प्रयोगले नेपाली मौलिक बाजाहरु उपेक्षित भईरहेकोले तिनको संरक्षण र संवद्र्धन गर्न प्रतिष्ठानले हाम्रो बाजाःहाम्रै धुन शिर्षकको नेपाली मौलिक बाजाहरुको धुन प्रस्तुति कार्यक्रम आयोजना गर्न लागेको बताउनु भयो । कार्यक्रम बारे जानकारी दिने क्रममा प्रस्तुत हुने नेपाली मौलिक धूनहरु र प्रस्तुति दिने कलाकारहरुको बारे बताउनु भयो । 
उहाँले यस कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयसँग समन्वय गरेर त्ब्ब्ल् मार्फत विदेशी पाहुनाहरुलाई पनि आमन्त्रण गरिएको जानकारी दिँदै नेपाली र विदेशी श्रोताहरुलाई नेपाली मौलिक बाजाहरुको प्रयोग गरेर पनि राम्रो र मधुर धुन बज्छ भन्ने सन्देश सो कार्यक्रमले दिने समेत बताउनु भयो । 


पत्रकारहरुलार्इृ सम्बोधन गर्र्र्र्दै उहाँले विभिन्न संचार माध्यम मार्फत वाद्यबृन्द कार्यक्रमको प्रचार प्रसार साधारण जनमानस सम्म होस् भन्ने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।