प्रज्ञा–पाठशाला सङ्गीत सङ्गत कार्यक्रममा १७ जना नारी सङ्गीतज्ञको बेजोड वृन्दवादन

प्रज्ञा–पाठशाला सङ्गीत सङ्गत कार्यक्रममा १७ जना नारी सङ्गीतज्ञको बेजोड वृन्दवादन
काठमाडौं । नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका आयोजनामा मंगलबार राजधानीमा लोकशाश्त्रीय संगीत सम्वन्धी प्रज्ञा–पाठशाला संगीत संगत श्रृङणखला –१ सम्पन्न भएको छ । पाठशाला नेपालको सहकार्यमा नयाँं वानेश्वरीस्थित पाठशाला नेपालको मदनकृष्ण प्रेक्षालयमा साउन ३१ गते  कार्यक्रम भएको हो । कार्यक्रमको क्रममा १७ जना महिलाहरुको समूहले वृन्दवादन प्रस्तुत गर्नुभएको थियो ।  उक्त  समूहमा तबलामा सरिता मिश्र, सिता भण्डारी,मञ्जु सुनार, सरोदवादमा रुपा न्यौपाने, सितारमा सुशीला अमात्य, बिना श्रेष्ठ,पद्मा तुलाधर,अमृत हिरा योगी, डा। अन्जु उप्रेती, कृति बानिया,गायनमा विना केसी प्रधान,इसराजमा नूर श्रेष्ठ, बेलमामा रोशनी श्रेत्री, बाँसुरीमा यजु आचार्य, रोजिना डङ्गोल तथा तानपुरामा मोना पोखरेल र कल्पना डङ्गोलले सुमधुर प्रस्तुति दिनुभएको थियो ।  


त्यस्तै अच्युतराज भण्डारी सङ्गीत प्रतिष्ठानका भण्डारी परिवारबाट तबलामा अच्युतराम भण्डारी तथा सिता भण्डारी, सारङ्गीमा परशुराम भण्डारी, सितारमा रामकुमार अर्याल, बाँसुरीमा डा। नीराजन भण्डारी तथा तान पुरामा कल्पना पराजुलीले शास्त्रीय  सङ्गीत प्रस्तुत गर्नुभयो । 
नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)को समुपस्थितिमा  भएको कार्यक्रममा  संयोजक तथा परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख धीरेन्द्र प्रेमर्षीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै थप तयारीका साथ कार्यक्रमलाई  मासिक रूपमा आयोजना गर्ने जानकारी गराउनु भयो । शास्त्रीय संगीत समाजका महासचिव गोकुल लिम्वू, सिस्नुपानी नेपालका अर्जुन पराजुली,  रामप्रसाद ज्ञवाली लगायतले शास्त्रीय संगीतको महत्वबारे चर्चा गर्नुभयो ।  कार्यक्रमलाई समापन गर्दै कुलपति नारायणभक्त श्रेष्ठले शास्त्रीय सङ्गीतको परीक्षा प्रज्ञा प्रतिष्ठानको पहलमा शास्त्रीय सङ्गीत समाज नेपाल सँगको सहकार्यमा नेपालमै सञचालन गरि प्रमाणपत्र वितरण गर्ने योजना सुनाउनुभयो ।