प्रदेश १स्तरीय मौलिक बाजा साकेला ढोल र मादलको प्रशिक्षण सम्पन्न

२०७८ चैत १ गते ।  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे आयाेजनामा "प्रदेश १स्तरीय मौलिक बाजा साकेला ढोल र मादलको प्रशिक्षण" कार्यक्रम सुनसरी धरानमा सम्पन्न भएको छ । गत फागुन २० गते देखि सुरू भएकाे प्रशिक्षण कार्यक्रम फागुन ३० गते सम्पन्न भएकाे हाे । धरान नृत्य कला प्रतिष्ठानले स्थानीय व्यवस्थापन गरेकाे प्रशिक्षण कार्यक्रमका लागि मुनाल सास्कृतिक केन्द्र र रोएल डान्स एकेडेमीले स्थल उपलब्ध गराएका थिए ।

प्रशिक्षकद्वय भरत बुडाथोकी र दिपेश राईले १० दिने साकेला ढाेल र मादलकाे प्रयाेगात्मक र सैद्धान्तिक पक्षहरुमा प्रशिक्षण दिनुभएकाे  कार्यक्रममा १० जिल्लाका ३० जना प्रशिक्षार्थीहरु  सहभागी भएकाे र प्रशिक्षणबाट प्रत्यक्ष रुपमा लाभान्वित भएकाे प्राज्ञ अशाेक राइले बताउनु भयाे । 

समापन कार्यक्रमलाइ सम्बाेधन गर्दै प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमाेटले यस्ता प्रशिक्षण कार्यक्रमले यस क्षेत्रमा लाग्न चाहाने नवप्रवेशीहरुलाइ वाद्यवादनमा दक्ष र सक्षम बनाउन महत्वपूर्ण सहयाेग पुग्ने बताउनु भयाे । 

समापन कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमाेट, कार्यक्रम संयाेजक प्राज्ञ अशाेक राई, प्रशिक्षक, प्रशिक्षार्थी तथा सङ्गीत अनुरागी अतिथिहरूकाे उपस्थिति रहेकाे थियाे ।