पाेखरामा पुन मगर समुदायकाे  प्रचलित परम्परागत गीत, सङ्गीत तथा नृत्य प्रदर्शनी कार्यक्रम सम्पन्न

 

जेठ ४ गते ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परम्परागत तथा शास्त्रीय सङ्गीत विभागको आयोजनामा जेठ ४ गते गण्डकी प्रदेश र अासपासमा बसाेबास गर्ने पुनमगर समुदायकाे संस्कृति झल्किने गीत सङ्गीत तथा नृत्य प्रदर्शनी कार्यक्रम सम्पन्न भएकाे छ ।

 गण्डकी प्रज्ञा प्रतिष्ठानकाे सह अायाेजना तथा नेपाल पुन मगर समाजकाे व्यवस्थापनमा 'एक प्रदेश एक परम्परा कार्यक्रम' अन्तर्गत गण्डकी प्रदेश र आसपासका क्षेत्रमा पुन मगर समुदायमा प्रचलित पुर्ख्याैली परम्परागत गीत सङ्गीत नृत्य परम्परामा केन्द्रित कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा पुन मगर समुदायकाे परम्परामा अाधारित गीत सङ्गीत तथा नृत्यहरु प्रदर्शन गरिएकाे थियाे । साे कार्यक्रममा पुन मगरका गीत सङ्गीत सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरिएकाे थियाे । परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख प्राज्ञ डक्टर किरातीले उक्त कार्यक्रमले पुन मगर समुदायकाे संस्कृतिकाे जगेर्ना गर्न सहयाेग पुग्ने विश्वास व्यक्त गर्नु भयाे ।