मुस्लिम समुदायमा प्रचलित संस्कार गीतको अध्ययन सम्पन्न

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आ. व २०७७÷०७८ को वार्षिक कार्यक्रम अन्तर्गत लोक सङ्गीत विभागको संयोजनमा ‘मुस्लिम समुदायमा प्रचलित संस्कार गीतको अध्ययन’ शीर्षकमा अनुसन्धान सम्पन्न भएको छ ।  उक्त अनुसन्धानका लागि प्रा.डा. कपिल देव लामिछानलाई मुख्य अनुसन्धानकर्ताको जिम्मेवारी दिइएको थियो । संयोजक प्राज्ञ हरिदेवि कोइरालाले उक्त अनुसन्धान मुस्लिम समुदायमा प्रचलित संस्कारगीतमाथिको दुर्लभ अनुुसन्धान भएको जानकारी दिनुभयो । उक्त अनुसन्धानले मुस्लिम समुदायको जन्म, विवाह, उत्सव, मृत्युजस्ता संस्कारहरुमा प्रचलित गीतहरुलाई समेटेको बताउँदै  अनुसन्धानकर्ता प्रा.डा. लामिछानेले मुस्लिम समुदायहरुको संस्कारगीतमाथिको यस अध्ययन एक सम्पदाका रुपमा आगामि हुने अध्ययन, खोज र अनुसन्धानका लागि उपयोगी सावित हुने बताउनु भयो ।