मनाइयो ११९औँ सम जयन्ती

माघ २४ । ११९ औँ सम जयन्तिका अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आप्mनो कार्यालय परिसरमा एक कार्यक्रम गरी मनाएको छ । प्रतिष्ठानका पदाधिकारी र कर्मचारीले नाट्य सम्राट बालकृष्ण समको तस्वीरमा फूलमाला अर्पण गरी समको नाटक क्षेत्रमा रहेको योगदानको सम्झना गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले आधुनिक नाटकको सुरुवात गर्ने समको योगदान नाटक क्षेत्रमा अविस्मरणीय रहेको चर्चा गर्नु भयो ।


कार्यक्रममा नाटक विभाग प्रमुख प्राज्ञ निशा शर्मा पोखरेलले  कार्यक्रममा उपस्थित हुन असमर्थ रहे पनि वरिष्ठ रङ्गकर्मी तथा निर्देशक सुनिल पोखरेलले समका बारेमा पठाउनु भएको लिखित सामाग्री पढेर सुनाउनु भएको थियो । लिखित सन्देशमा पोखरेलले  विभिन्न समयमा विभिन्न व्यक्तित्वहरुले समका बारेमा लेख्नुभएको सामाग्रीहरुलाई उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ, उपकुलपति हरिहर शर्मा, सदस्य सचिव श्याम प्रकाश तमोट, प्राज्ञ परिषद् सदस्यहरु धीरेन्द्र प्रेमर्षि, निशा शर्मा पोखरेल, मेघराज शर्मा मन्जुल, नमूना शर्मा, अशोक कुमार राई तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।