सारङ्गीकाे धुनमा रमे दर्शक

काठमाडौं । 
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले असोज २ गते राष्ट्रिय नाचघर, जमलमा ‘सारङ्गीमा देश’ वाद्यवृन्द प्रस्तुत गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर तथा नेपाल भ्रमण वर्ष २०२०को सन्दर्भ पारेर प्रतिष्ठानले ‘सारङ्गीमा देश’ शिर्षकमा नेपाली मौलिक वाद्य यन्त्र सारङ्गीको संरक्षण तथा प्रवद्र्धनार्थ सो कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको हो । 
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईज्यूको प्रमुख आतिथ्यतामा सम्मन्न सो कार्यक्रममा नेपाली १६ वटा मौलिक धुनहरु प्रस्तुत गरिएका थिए । २० जना सारङ्गी वादक तथा अन्य वाद्यवादकसमेत गरी करिब ४० जना कलाकारहरुले नेपालमा प्रचलित मौलिक धुनहरुलाई सारङ्गीमा रेटेर मञ्चमा प्रस्तुत गरेका थिए । 
नेपाली विभिन्न भेषभूषामा सजिएका कलाकारहरुले मंगल धुन बजाई कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यस लगतै, सोरठी, पालाम भाका, असारे भाका, मैथिली भाका, क्या राम्रो इन्द्रेणी, कौडा भाका, शिरसया भाका, संगिनी धुन, वा माया वा, मालश्री धुन प्रस्तुत गरेका थिए । त्यस पश्चात धिमाल धुन, साकेला भाका, म्हेन्दोमाया भाका, थकाली धुन र देउडा धुनलाई मिश्रण गरी उत्कृष्ट प्रस्तुति दिंदा दर्शकहरु पनि धुनमा नै मस्त देखिन्थे । 


संस्कृति मन्त्री योगेश भट्टराईले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मनतव्य व्यक्त गर्नुहुँदै उहाँले सारङ्गीका माध्यमबाट जातिय दायरालाई फराकिलो बनाएर सारङ्गीमा देश कार्यक्रमले देशमा सदभाव तथा एकताको विकासमा टेवा पु¥याउने बताउनु भयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले कार्यक्रम बारे प्रकाश पार्नुहुँदै लोप हुने अवस्थामा रेहेको नेपाली मौलिक वाजा सारङ्गीको प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो । 
प्राज्ञ परिषद् सदस्य एवम् कार्यक्रमका संयोजक अशोक कमार राईको संयोजनमा सम्पन्न कार्यक्रममा भरत नेपाली, धर्म गन्धर्व, वर्त गन्धर्व, अरुणा गन्धर्व, सन्तोष पाठक, सञ्जोक मल्ल, किरण महर्जन, राजु महर्जन, विजय तामाङ, डेनियल व्रिmष्टिफर सुब्बा, आयुष्मा जोशी, राहुल मानन्धर, मौसम सुनुवार, सरुण मानन्धर, खुम के.सी, दिपेश नेपाली, सबिन लिम्बू, प्रो. चिकारा मेइदा (जापानी नागरिक) आदि कलाकारहरु सारङ्गी वादकका रुपमा थिए भने बाँसुरीमा रत्न वि.क., सनाईमा धन बहादुर गुरुङ, ताल वादनमा खड्ग बुढा, अनिल थापा, पोषण घर्ती र राम सुर्सालङ्ग थिए । कोरस गायनको भूमिकामा कला राई, मेनुका राई, निशा आङ्देम्बे, रानु थापा, गङ्गा राई, सञ्जय तुम्रोक, सीता सिङ्घक थिए । टुङ्ना वाद्य यन्त्रको जिम्मा लोकराज राई समालेका थिए भने मुर्चुङ्गा, पात, चरी बाजा तथा विनायोको वादकको भूमिकामा हिरन राई थिए ।

कार्यक्रममा राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सदस्यहरु, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका  कुलपति नारायण भक्त श्रेष्ठ (रायन), सदस्य सचिव श्याम प्रकाश तमोट, प्राज्ञ परिषद् सदस्यहरु, प्राज्ञ सभा सदस्यहरु,  पूर्व प्राज्ञ परिषद् सदस्यहरु, पूर्व प्राज्ञ सभा सदस्यहरु, नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल ललितकला प्रतिष्ठानका पदाधिकारीहरु, पसंस्कृति मन्त्रालयका सचिव, सहसचिव, साङ्गीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, साहित्यिक तथा कला साधकहरु तथा सङ्गीत प्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिति रेहेको थियो । कार्यक्रमलाई प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य धीरेन्द्र प्रेमर्षीले सञ्चालन गर्नु भएको थियो ।