‘शैली संवाद’ कार्यक्रम आयोजना हुने


विश्वव्यापी महामारी कोभिड १९का कारण विश्व यतिबेला आक्रान्त रहेको छ जसले गर्दा आर्थिक सामाजिक र साँस्कृतिक क्रियाकलापहरु ठप्पप्राय छन् । नेपाल पनि यो समस्याबाट अछुतो रहन सकेन र दिनानुदिन संक्रमित र मृत्यु संख्या उकालो लाग्ने क्रममै रहेको छ । 
नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणका लागि अनिवार्य मास्कको प्रयोग र भौतिक दूरी कायम गर्नु भनेको परिपेक्षमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र शैली थिएटरको संयुक्त आयोजनामा संगीत नाटक र नृत्य क्षेत्रका विभिन्न स्रष्टा सर्र्जकहरुसँग भर्चूअल कुराकानी ‘शैली संवाद’ कार्यक्रमको शुभारम्भ भाद्र २ गतेबाट हुने भएको छ । 
भाद्र महिनाभर जोर गतेका दिन उक्त कार्यक्रम शैली थिएटरको युट्युब च्यानल र शैली थिएटर नामक फेसबुक पेजबाट साँझ ४ बजे प्रसारण हुने भएको हो । अन्तर्वार्ता लिने र दिने व्यक्ति आफ्नै घरमा बसेर कार्यक्रममा सहभागी हुने र प्रविधिको प्रयोगबाट गरिने अन्तवार्ता भएकाले संक्रमणको जोखिम नहुने जानकारी प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमोटले दिनुभयो । 

स्रष्टाका जीवन भोगाई र वर्तमान कला क्षेत्रको अवस्था र भविष्यका बारेमा  छलफल हुने कार्यक्रममा भाद्र २ गते प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा पहिलो अतिथिका रुपमा कार्यक्रममा सहभागी हनुहुने  सञ्चालिका सरस्वती अधिकारीले बताउनु भयो । 

https://www.youtube.com/channel/UCpZx9NWUWjmmCVfOUSjFN-Q

https://www.facebook.com/shaileekalaa/