'स्वर मध्यमा' संवाद शृङ्खला प्रशारण हुँदै

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानसँगको सहकार्यमा ध्रुपद गुरुकुल काठमाडौंको प्रस्तुति 'स्वर मध्यमा' शास्त्रीय सङ्गीतका साधकहरुसँगको संवाद शृङ्खला हरेक हप्ताको सोमबार र शुक्रबार साँझ ४ बजे Nepal Academy of Music & Drama को फेसबुक पेजमार्फत  प्रशारण हुँदै छ ।


विश्वव्यापीरुपमा फैलिएको कोभिड १९का कारण कार्यक्रमलाई प्रज्ञा प्रतिष्ठानको फेसबुक पेज  मार्फत प्रत्यक्ष प्रशारण गरिन लागेको प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य धीरेन्द्र प्रेमर्षीले बताउनु भयो ।  शास्त्रिय संगीत साधकहरु संगीतज्ञ धनबहादुर गोपाली, बाँसुरी गुरु जीवन आले, तबला वादक सरिता मिश्र तथा संगीतकार सुरेश सेन्चुरीसँग भाद्र २२ गतेदेखि क्रमश: संवादको कार्यक्रम रहनेछ छ । कार्यक्रमलाई विशाल भट्टराईले सञ्चालन गर्नुहुनेछ । 
Page link:

www.facebook.com/namuda2067