लम्जुङ र पोखरामा दुरा जातिको ठाडोभाका लोक–दोहारीको छायाङ्कन हुने


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा ठाडोभाका लोक कला प्रतिष्ठानको सहआयोजनामा लोपोन्मुख दुरा जातिमा प्रचलित दुलर्भ ठाडो लोक दोहोरी भाकाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको बेसीशहर तथा सुन्दरबजारमा पौष ११ र १२ गते उक्त भाकाको छायाङ्कन हुनेभएको छ । उक्त कार्यक्रममा स्थानीय १९–२० वर्ष  देखिका युवा तथा ८६ वर्ष सम्मका अग्रज गायक गायिकाको सहभागिता रहेने कुरा प्रतिष्ठानकी लोकसंगीत विभाग प्रमुख हरिदेवी कोइरालाले बताउनु भयो ।

त्यस्तै पौष १८ गते प्रज्ञा प्रतिष्ठानको आयोजना र दुरा समाजको सहआयोजनामा विभिन्न क्षेत्रबाट ४ वटा समूहको ठाडोभाका लोककलाको संरक्षण हुने गरी छायाङ्कन गरिने भएको छ । लमजुङमा तीन समूह र पोखराको एक समूह गरी जम्मा ४ समूहले उक्त छायाङ्कन कार्यक्रममा सहभागीता जनाउने छन् जसले लमजुङ, कास्की, तनहुँ लगायतका स्थानमा प्रचलित ठाडोभाकाको केही हदसम्म भए पनि संरक्षण हुनेमा प्रतिष्ठानकी प्राज्ञ हरिदेवी कोइरालाले बताउनु भयो । प्राज्ञ कोइरालाका अनुसार तीन अग्रज कलाकारहरुको जीवनी समेट्ने गरी बायोग्राफी पनि क्यामेरामा कैद हुने भएको छ । 
कार्यक्रमलाई सुरक्षित रुपमा सम्पन्न गर्न स्वास्थ्य मापदण्डको पालना र भौतिक दुरी कायम गरी कार्यक्रम छायाङ्कन गरिने छ ।