पोखरामा लोपोन्मुख दोहोरी ठाडोभाका गीतको छायाङ्कन
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र ठाडो भाका लोककला प्रतिष्ठानको सहकार्यमा लोपोन्मुख दोहोरी ठाडोभाका गीतको छायाङ्कन गरी संरक्षण गर्ने प्रयास भएको छ । पोखरा–१८, रामबजार स्थित लमजुङ समाजघरमा पौष १८ गते शनिबार उक्त गीतको छायाङ्कन सम्पन्न गरिएको छ ।
कलाकार बुद्धिमान दुरा (घाम्पु) तथा गायिका सीता दुराले प्रस्तुति दिएको कार्यक्रमा ठाडोभाका दोहोरी कलाकार तथा संस्कृतिकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य हरिदेवी कोइरालाको संयोजनमा भएको उक्त कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्ष कृष्णप्रसाद बास्तोला, दुरा सेवा समाज कास्की अध्यक्ष लालसिंह दुरा, लमजुङ–पोखरा सम्पर्क समिति अध्यक्ष चम्पा रानाभाट, समाजका संस्थापक अध्यक्ष क्या. वीरबहादुर गुरुङ, सु.बुद्धिबहादुर गुरुङ, नमस्ते पोखराका छवि सुवेदीले ठाडो भाका संरक्षणका लागि आ–आप्mनो विचार व्यक्त गनुभयो ।
ठाडोभाका लोककला प्रतिष्ठान अध्यक्ष नवराज पहाडीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको कार्यक्रममा लोककला प्रतिष्ठानका उपाध्यक्ष युवराज घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गर्नु भयो । पत्रकार कृष्णबहादुर ओलीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल सङ्गीत ताथ नाट्य प्रज्ञा प्रतिष्ठानले देशका विभिन्न लोपोन्मुख अवस्थामा रहेका लोकगीतको छायाङ्कन गरी संरक्षणको पहल थालेको जानकारी प्राज्ञ कोइरालाले गराउनु भयो ।