संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले सम्पन्न गर्यो नाट्य गोष्ठी

नपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा 'नेपाली समाज रुपान्तरणमा नाटकको भूमिका' र 'नेपाली नाट्य प्रस्तुतिको समकालीन धार' विषयक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा सम्पन्न गोष्ठी कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठले सभाको अध्यक्षता गर्नुभएको थियो । रङ्गकर्मी चन्द ्रप्रसाद पाण्डेले नेपाली समाज रुपान्तरणमा नाटकको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको गर्नुभर्एको थियो भने प्रविण पुमाले नेपाली नाटेय प्रस्तुतिको समकालीन धार विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

शुभकामना मन्तव्य व्यक्त गर्दै प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य रमेशरञ्जन झाले गोष्ठीमा प्रस्तुत गरिने विषयवस्तु महत्वपूर्ण रहेको बताउँद्र नेपाली नाटक भन्नु्को सट्टा नेपालको नाटक भन्दा राष्ट्रका मातृ भाषाहरुलाई पनि समेट्ने सुझाव समेत दिनुभयो ।

शुभकामना दिने क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्यायले नाटक भावना प्रवाहित गर्ने सबैभन्दा सर्वाधिक प्रभावकारी विधा भएको विचार व्यक्त गर्दै ।

नाटकका विषयमा बहस हुनु खुसीको कुरा भएको भन्दै यसका माध्यमबाट थुप्रै रङ्गकर्ममा  लागेकाहरुमा ज्ञान अभिवृद्धि पनि हुनेघिमिरे युवराजले बताउनु भयो  ।

 

शुभकामनाको क्रम पछी चन्द्र प्रसाद पाण्डेले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।  कार्यपत्रमा पाण्डेले नेपालको इतिहासको विभिन्न कालखण्डमा नाटकको विकासक्रम र नाटकले ती कालखण्डमा नेपाली समाजमा पारेको प्रभावको चर्चा गर्नु भएको छ ।

उक्त कार्यपत्रमाथि वरिष्ठ नाट्यकर्मी अशेष मल्लले कार्यपत्र प्रस्तोताले शिर्षक अनुरुपको सामाग्री प्रस्तुत गर्न असमर्थ रहेको टिप्पणी गर्नु भयो । कार्यपत्रमा नाटकको लेखन पक्ष र रङ्गमञ्चीय पक्ष प्रष्ट नहुँदा प्रस्तोतामा अन्योलता देखिएको बताउनु भायो ।

कार्यक्रमको दोस्रो सत्रमा प्रविण पुमाले नेपाली नाट्य प्रस्तुतिको समकालीन धार विषयक कार्यपत्र प्रस्तुत गर्नु भयो ।  पुमाले कार्यपत्रमा नाट्य प्रस्तुतिको समकालीन धारलाई वैचारिक नाट्यधार र प्राविधिक नाट्यधार गरी दुई धारमा वर्गीकरण गरी चर्चा गर्नु भएको छ ।

 

उक्त कार्यपत्रमाथि डा. विन्दु शर्माले  एउटै संस्थाबाट प्रस्तुत भएका दुई कार्यपत्रको संरचना र अनुसन्धान विधि फरक रहेको टिप्पणी गर्नु भयो । कार्यपत्रमा समकालिन धारको आधार विन्दु प्रष्ट नभएको बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले नाटक लेखक र नाट्यकर्मी बीच विचार मन्थन आवश्यक रहेकोमा केही हदसम्म यस गोष्ठीले त्यसको थालनी गरेको बताउनु भयो । गोष्ठीमा कार्यपत्रमाथिको टिकाटिप्पणीलाई मनन गर्दै कार्यपत्रमा थप सुधार गर्दै पुर्नलेखन गरिने पनि बताउनु भयो ।

कार्यक्रमलाई समापन गर्दै  छलफल कार्यक्रममा सहभागी भएकोमा उपस्थित व्यक्तित्वहरुप्रति धन्यवाद ज्ञापन गर्नुहुँदै प्रतिष्ठानलाई अगाडी बढाउन सल्लाह सुझाव समेत दिन आग्रह गर्नु भयो ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल, सम्राट सापकोटा, घिमिरे युवराज लगायतका नाट्यकर्मीहरुले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्यहरु मेघराज शर्मा मञ्जुल, हरिदेवी कोइराला, अशोक राई, धिरेन्द्र प्रमर्षी, नमूना शर्मा, निशा शर्मा, सभा सदस्यहरु सत्यकला राई, चाँदनी मल्ल, वरिष्ठ कलाकारहरु भुवन चन्द, लक्ष्मी गिरी, शैलेन्द्र सिमखडा, राजेन्द्र सलभ लगायतको उपस्थिति रहेको थियो ।