संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र रसियन कल्चर सेन्टर संगको सहकार्यमा भर्चुअल राष्ट्रिय बाल नाटक महोत्सव गर्दै शैली थिएटर

निरन्तर रूपमा प्रत्येक बर्ष शैली थिएटरले संचालन गर्दै आएको राष्ट्रिय बाल नाटक महोत्सव, यसपटक फरफ शैलीमा आयोजना गर्ने भएको छ। रसियन कल्चर सेन्टर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान संगको सहकार्य मा १२औं राष्ट्रिय बाल नाटक महोत्सव भर्चुअल रुपमा गर्न लागिएको हो।

कोभिडको कारण अझै पनि थिएटर सम्म बालबालबालिका ल्याई नाटक मन्चन गर्ने वातावरण बनिनसकेको छैन। त्यसैले यसपटक भर्चुअल नाटक महोत्सव गर्न लागेको शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले जानकारी गराए।


बुढाथोकीका अनुसार दशौं वर्ष सम्म रसियन कल्चर संग मिलेर निरन्तर बालनाटक महोत्सव गर्‍यौं, गएको एघारौं महोत्सव बाट नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान ले पनि नाटक महोत्सवमा रुचि देखाएर हामी संग सहकार्य गर्ने प्रतिबद्धता जनाए अनुसार तिनवटा संस्थाको सहकार्यमा १२औं बालनाटक महोत्सव हुन लागेको हो।

कोभिडको कारण यसपटक महोत्सव गर्ने वा नगर्ने भन्ने दुबिधाको बिच भर्चुअल माध्यम बाट भएपनी महोत्सव गर्नुपर्ने महसुस गरौं । अरु वर्षभन्दा थोरै ढिला गरि घोषणा गर्नुको मुल कारण पनि यहि हो। सम्पूर्ण बालबालिका अभिभावक, शिक्षक शिक्षिका, विद्यालय, संघसंस्था लगायत ब्याक्तिगत तवरमा पनि महोत्सवमा भाग लिनुहुन हामी अनुरोध गर्दछौ।

https://janatanewsonline.com/1022/