धिमाल जातिकाे जन्मदेखि मृत्युसम्म गरिने संस्कार (सिई) परम्परासँग सम्बन्धित कार्यक्रम मोरङमा सम्पन्न

 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, परम्परागत तथा शास्त्रीय सङ्गीत विभागद्वारा पुराना जाति धिमालको संस्कृतिसंग सम्वन्धित जन्मदेखि मृत्युसम्म गरिने संस्कार (सिई) परम्परासँग सम्बन्धित रही मिति २०८०/११/ १३ गते आइतबार मोरङ, मङ्गलबारे, उर्लावारीमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान परम्परागत, शास्त्रीय सङ्गीत विभाग प्रमुख डक्टर राईज्यूको सभाध्याक्ष तथा उर्लाबारी नगरपालिकाका उप प्रमुख श्री मिना खतिवडा पौडेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ |

उक्त कार्याक्रमको स्वागत मन्तव्य नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, प्राज्ञ सभा सदस्य श्री देवकुमार चौधरीज्यूले गर्नु भएको थियो | कार्यक्रममा परम्परा संस्कृतिबिद्हरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो भने कार्यक्रमका प्रमुख अथिती उर्लाबारी नगरपालिकाका उप प्रमुख श्री मिना खतिवडा पौडेलज्यूबाट दीप प्रज्वलन गरि कार्यक्रमको समउद्घाटन गरिएको थियो | धिमाल जाति बिकास केन्द्रका केन्द्रिय सदस्य अम्बर बहादुर धिमालज्यू धिमाल जातिको संरक्षण सम्बर्द्धन र प्रबर्द्धन गर्न सरकारी पक्षबाट सहयोग गर्नको लागि जनशक्ति दिन हामी तयार तथा हामी बिच भएको माई वारि पारी बिचको दुरि पनि यो कार्यक्रमबाट पुलको काम गरेको छ यसका लागि हार्दिक आभार व्यक्त गर्नु भएको थियो |

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको तर्फबाट, शास्त्रीय सङ्गीत विभाग प्रमुख डक्टर राईज्यूले प्रमुख अतिथि उर्लाबारी नगरपालिका उपप्रमुखज्यू , उर्लाबारी नगरपालिका वडा न ३ का अध्यक्षलाई मायाको चिनो प्रदान गरिएको थियो |